काठमाडौं, पुस १६ : महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले लैनचौरबाट पेस्तोल र २ राउन्ड गोलीसहित एक युवकलाई पक्राउ गरेको छ।
महाशाखाबाट खटिएको टोलीले पेस्तोलसहित कालीकोटको रासकोट गाउँपालिका–२ घर भई काठमाडौं कपुरधारा बस्ने २० वर्षीय भोजराज खड्कालाई आइतबार राति ८ बजे पक्राउ गरेको हो।
कपुरधारामा पक्राउ परेका उनलाई सोधपुछ गर्दा प्रहरीले लैनचौरस्थित उनको कोठाको लो बेडमुनि लुकाएर राखेको अवस्थामा एक कटुवा पेस्तोल र २ राउन्ड गोली पनि बरामद गरेको छ।