पेस्तोलसहित २ जना प्रहरी नियन्त्रणमा

| 2022 May 26 | 06:41 pm 1869

ललितपुर, जेठ १२ः ललितपुर महानगरपालिका ८ बालकुमारीबाट बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको बिशेष टोलिले एक जनालाई पेस्ताेल सहित पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका वडा नं.१५ घर भएका २० वर्षीय सुरेन्द्र थीङ र सर्लाही लालबन्दी
नगरपालिका वडा नं. १५ घर भएका बर्ष ३९ का विर बहादुर बम्जन रहेका छन् ।

उनीहरूलाई MADE IN USA लेखिएको अटोमेटिक पेस्तोल थान १ ऐ. माग्जिङ थान २ र गोली ४ राउण्ड सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भई रहेको बताइएकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.