विराटनगर, भदौ १६: पेस्तोलसहित सुन पसलमा लुटपाट गर्ने एकजनालार्ई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ्गको सुन्दर हरैचा नगरपालिका–१० विराटचोकस्थित रहेको थापा सुनचाँदी पसलबाट पेस्तोल देखाई रकम तथा सुन लुट्ने भोजपुर जिल्ला दिङ्ला–२ घर भई हाल धरान उपमहानगरपालिका–१५ मा डेरा गरी बस्ने ३२ वर्षीय रोशन भन्ने गोपाल दहाल (विक) लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङ्गले जनाएको छ ।
ती व्यक्तिले पसलबाट ९.७७ ग्रामको सुनको हातमा लगाउँने सिक्रि लुटी भाग्न खोज्दा बेलबारी इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षक रामकुमार राईको नेतृत्वको टोलीले तयारी अवस्थाका पेस्तोल, दुई राउण्ड गोली, सुनको सिक्रीसहित पक्राउ गरेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।