पेस्तोलसहित एक जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Sep 11 | 07:12 pm 1897

  • महेश सिंह

सिराहा,भदौ २५: अवैध हतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बिष्णुपुर गाउँपालिकास्थित रहेको प्रहरी चौकी बेल्हाबाट खटिएको प्रहरीको टोलिले पेस्तोलसहित एक जना युवालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिराहाको बिष्णुपुर गाउँपालिका ४ थलाहाकट्टाका ३० वर्षीय कृष्ण यादब रहेको प्रहरीले जानकारी दिए।

पक्राउ परेको यादव घरयासी बिवादको कारण आफ्नो घरमा गई आमालाई कुटपिट गरी घरको सामान समेत फाली दिएको भन्ने प्रहरीमा खबर भएको थियो । खबर प्राप्त हुना साथ प्रहरी टोली घटनास्थलमा पुग्दा लोड नभएको एक पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाए ।

प्रहरीलाई देखेपछि कृष्ण फरार भएको थियो । प्रहरीले खोज तलास गर्दै जादा हाल बसोबास गरी रहेको घर बिष्णुपुर गापा ५ लक्ष्मीपुरबाट यादवलाई पक्राउ गरेको हो ।

पक्राउ गरेका यादव लाई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यलय सिराहामा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय सिराहाका प्रबक्ता तथा डिएसपी अपिल राज बोहराले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.