काठमाडौं, भदौ १७ । काठमाडौंको पेप्सीकोलामा आज बिहान भएको सवारी दुर्घटनामा घाइते भएका १४ जना मध्ये एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान हुन सकेको छैन् ।
उपचारको क्रममा सिभिल अस्पतालमा उनको मृत्यु भएको प्रहरी प्रभाग काडाँघारीले जनाएको छ ।
जडिबुटीबाट पेप्सीकोला जाँदै गरेको बा ३ ख ४८४८ नम्बरको बसले विपरीत दिशामा रहेका बा ६ च ५३४२ नम्बरको बोलेरो जिप, बागमती प्र ०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०२–०३७ प ५३११ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
बस चालक रामेछाप लिखुतामाकोशी गाउँपालिका २ घर भई पेप्सिकोला बस्ने २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।