काठमाडौं, असोज ३० । काठमाडौं महानगरपालिका वडा नं. ३२ पेप्सीकोलाका लक्ष्मण श्रेष्ठको घरमा चोरी भएको छ ।
जिल्ला प्रहरी परीसर काठमाडौंका अनुसार चोरले श्रेष्ठको घरबाट ५ लाख ५० हजार रुपैया बराबरको धनमाल लगेको छ। घर पछाडीको कोठा फुटाएर प्रवेश गरेको चोरले सुनका गहना नगद मोबाइल चोरेर फरार भएको छ। प्रहरीले चाडवाडका बेला चोरी लुटपाटका घटना घट्न सक्ने भन्दै सजकता अपनाउन आग्रह गरीरहेका बेला श्रेष्ठको घरमा चोरी भएको छ। चोरीमा संलग्नको तिब्र खोजि भइरहेको प्रहरीले जनाएको छ ।