काठमाडौं, साउन २४ः शनिबार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका स्थित पेप्सिकोलामा जिवितै एक नवजात शिशु फेला परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंले दिएको जानकारी अनुसार कपडाले बेरेको अवस्थामा उक्त शिशु फेला परेको र शिशुलाई उद्धार गरेर पेप्सीकोलामा रहेको मदरल्याण्ड अस्पतालमा पठाएको प्रहरीले जनाएको छ ।
बच्चा जन्माएर वेवारिसे अवस्थामा झाडीमा फालेको आशंका प्रहरीले सिन्धुपाल्चोकको सिपापोखरी घर भएकी १७ बर्षीया किशोरीलाई पक्राउ गरेको छ ।
ती किशोरीले प्रहरीसँग ‘बच्चा आफ्नो नभएको’ इन्कारी बयान दिएकी छिन् ।