पेट्रोल बोतलमा आगो लाग्दा सिन्धुलीमा बालिकाको मृत्यु

रिपोर्ट नेपाल | 2023 May 08 | 01:06 pm 1177

सिन्धुली, बैशाख १५: सिन्धुलीमा पेट्रोल राखेको बोतलमा आगो सल्किदा जलेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमलामाई नगरपालिका- २ भोटेश्वराका शुभलाल घलानकी १३ वर्षीया छोरी अमृता घलान रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता चिरन्जिवी दाहालका अनुसार घलानको घरको भान्साकोठामा आगो बाल्ने क्रममा बोतलमा रहेको पेट्रोलमा अचानक आगो लाग्दा अमृता घाइते भएकी थिइन्।

आइतबार साँझ करिब ५ बजेतिर आगलागीबाट गम्भीर घाइते भएकी अमृताको उद्धार गरी सिन्धुली अस्पतालमा उपचारका लागि ल्याइएको थियो । ‘तर,त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं स्थित कीर्तिपुर अस्पताल पठाइएको थियो। उपचारकै क्रममा आज बिहान मृत्यु भएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.