पेट्रोलियम पदार्थको फेरी सुटुक्क बढ्यो मुल्य

| 2019 May 30 | 08:26 am 2744

काठमाडौं, जेठ १६: आर्थिक वर्ष २०७६/७७ को बजेट संसदमा पेश भएकै दिन अायल निगमले फेरि इन्धनको मूल्य बढाएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषण गरेको केही घण्टामा नै मध्यराति १२ बजेदेखि लागू हुने गरी सुटुक्क इन्धनको मूल्य समायोजन भएको सूचना प्रकाशित गरेर आयल निगमले मूल्य बढाएको हो ।

निगमले बुधबार राति १२ बजेबाट कार्यान्वयन हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५० प्रतिलिटर बढाएको छ । डिजेल र मट्टितेमा पनि निगमले १ रुपैयाँ ५० पैसा प्रतिलिटरका दरले नै मूल्य बढाएको छ ।

जसअनुसार काठमाडौंको थानकोट डिपोको १५ किमी परिसरसम्म अब पेट्रोल प्रतिलिटर १ सय ११ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९८ रुपैयाँ ५० पैसा पुगेको छ ।

अर्थमन्त्री खतिवडाले सडक बनाउनका लागि पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ कर लगाउने बजेटमा घोषणा गरेका थिए । जुन कर आगामी आर्थिक वर्षको पहिलो महिना साउनदेखि लाग्ने भएकाले अझै पेट्रोलको मूल्य बढ्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.