काठमाडाैं, साउन २ः उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रि आफ्नो देशबाट उत्पादित जल उर्जालाई सम्पूर्ण क्षेत्रमा प्रयोग गरेर पेट्रोलियम पदार्थको आयात र प्रयोगलाई न्यूनीकरण गर्नुपर्ने बताएकी छिन् ।
विद्युत विकास विभागको २८ औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री भुसालले पेट्रोलियम पदार्थको पहिलो बिकल्पको रुपमा जल उर्जा भएको बताइन् । यस्तै निजी क्षेत्रले बनाउने जलविद्युत लगायतको संरनाबाट सरकार र स्थानीय जनताले निरन्तर रुपमा लाभ लिनसक्ने खालको बनाउन पनि आवश्यक रहेको बताइन् । उनले भनिनु, सिङ्गो देशको विद्युतीकरण गर्ने कुरा लाइटको रुपमा मात्रै नभएर आफ्नै देशको श्रोतबाट उत्पादन भएको उर्जालाई सम्पूर्ण उर्जाको क्षेत्रमा प्रयोग गर्ने र डलर तिरेर आएको पेट्रोलियम पदार्थलाई न्यूनिकरण गर्न सक्नुपर्छ ।
यस्तै नीजि क्षेत्रले एउटा निश्चित समयसम्म चलाउने शर्तमा निर्माण गरेपछि त्यतिको लागि मात्र भौतिक संरचना बन्नु नहुने बताउँदै उनले त्यस्ता संरचनाबाट सरकार र स्थानीय जनताले दीर्घकालसम्म लाभ लिन सक्ने बनाउल जोड दिनुपर्ने बताइन् । यो क्षेत्र अरु क्षेत्रको लगानी भन्दा सुरक्षित क्षेत्रको लगानी भएको बताउँदै मन्त्री भुसालले छिटो र स्थायित्वका लागि विशेष ध्यान दिन समेत अनुरोध पनि गरिन् ।
कार्यक्रममा बोल्दै स्वतन्त्र उर्जा उत्पादक संघ इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले राज्यले गर्ने व्यवहारमा परिवर्तन आउन जरुरी भएको बताए । साना उद्यमीहरुलाई कसरी सहयोग गर्ने भन्दा पनि कहाँ के अफ्ठेराहरु छन् भन्ने कुरा खोज्न नहुने आचार्यको भनाइ थियो । आचार्यले भने, कृषिमा हुने विद्युत खपत, घरेलु गार्हस्थ्य उपभोगमा हुने खपत अझै पनि दयनीय अवस्थामा छ । अध्यक्ष आचार्यले नेपाल अहिले ५ प्रतिशतको हाराहारीमा मात्रै विद्युतीय उर्जामा रहेको बताए ।
त्यस्तै उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयका सचिव देवेन्द्र कार्कीले उर्जा मन्त्रालयबाट उर्जा सम्बन्धी कामहरुमा त्यति ढिलाइ नभएको बताए । निजी क्षेत्रलाई कसरी प्रवद्र्धन र विकास गर्न सकिन्छ भन्ने लक्ष्य राखेको उपाध्यायको भनाइ थियो ।
विद्युत विकास विभागले लाइसेन्स बाँड्ने काम गरेको बताए पनि त्यसो नभएको उपाध्यायको भनाइ छ ।