सोलुखुम्बु, वैशाख २ : जिल्लाको माप्य दुधकोशी गाउँपलिका–४ डाँडागाउँमा एक युवकले आफैंलाई गोली हानी आत्माहत्या गरेका छन् । युवकले आफ्नै पेटमा भरुवा बन्दुक पड्काएर आत्महत्या गरेका छन् ।
घरमा कोही नभएको समयमा २० वर्षीय सुमनले भरुवा बन्दुक आफ्नै पेटको नाइटो मुनि गोली हानेको जिल्ला प्रहरी कार्यालयलले जानकारी दिए ।
घटना पश्चात गम्भीर घाइते भएका राईलाई उपचारको लागि जिल्ला अस्पताल फाप्लु लैजाने क्रममा गएराति साढे १ बजे बाटोमा नै मृत्यु भएको हो । राईको शव परिक्षणको लागि अस्पताल पठाइएको बुझिएकोे छ।