‘पृथ्वीनारायण शाहको एकीकरणको योगदान जनीतिक आस्थासँग जोडेर हेर्नु हुँदैन्’ : कमल थापा

रिपोर्ट नेपाल | 2019 Jan 10 | 06:47 pm 1922

काठमाडौं, पुस २६ :  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भोली राष्ट्रिय एकता दिवस देशव्यापी भव्य रुपमा मनाउन र उक्त दिन सार्वजनिक विदा दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै अध्यक्ष थापाले भोली राष्ट्रिय एकता दिवस भव्य रुपमा मनाउन आग्रह गरेका हुन् ।

साक्षात्कारमा बोल्दै उनले भने, ‘पृथ्वीनारायण शाहको एकीकरणको योगदानलाई राजनीतिक आस्थासँग जोडेर हेर्नुहुँदैन् । एकीकरणको गौरव र इतिहास कहिल्यै पनि परिवर्तन हुँदैन् ।’ बिहिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै अध्यक्ष थापाले भोली राष्ट्रिय एकता दिवस भव्य रुपमा मनाउन आग्रह गरेका छन् ।

उनले भने,‘पृथ्वीनारायण शाहको राष्ट्रिय एकीकरणलाई अपव्याख्या गरेको पनि पाउँदछौं । शाहले एकीकरण गरेको होइन, गोरखा विस्तार गरेका हुन् भनेर व्याख्या गरेको पनि पाइयो । तर, दुवैको परिणाम एउटै हो–आधुनिक नेपाल निर्माण । नेपाली हुँ भनेर गर्व गर्ने प्रत्येक नेपालीले उहाँलाई सम्मान गर्नुपर्छ ।’

साक्षात्कारमा बोल्दै उनले भारतमाजस्तै नेपालमा पनि ब्रिटिश साम्राज्यको प्रभाव पार्न खोजिएको भएपनि पृथ्वीनारायण शाहले उनीहरुको षड्यन्त्र असफल पारिदिएको स्पष्ट पारे । उनले भने, ‘१७६७ मा सिन्धुलीगढीमा अंग्रेज सेनाहरुलाई पराजित गरेर पृथ्वीनारायण शाहले नेपाललाई स्वतन्त्र राष्ट्र बनाउनुभयो ।’

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका थापाले अहिले राष्ट्रिय एकता कमजोर भएको र राष्ट्रिय पहिचान पनि संकटमा परेकोमा चिन्ता व्यक्त गरे । उनल भने, ‘मुलुकमा राष्ट्रिय अखण्डता, स्वतन्त्रता र एकतालाई अक्षुण राख्नको लागि पृथ्वीनारायण शाहबाट प्रेरणा लिनुपर्छ ।’

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.