पूर्व सभासद् गायत्री साह र उनका श्रीमान राजेश महतो पक्राउ

रिपोर्ट नेपाल | 2019 May 05 | 05:51 pm 1461

काठमाडाैं, वैशाख २२ : पूर्व सभासद् गायत्री साह र उनका श्रीमान राजेश महतो पक्राउ परेका छन् । ललितपुर महानगरपालिका भैँसेपाटीस्थित मेडिसीटी अस्पताल परिसरबाट जावलाखेल प्रहरीले पक्राउ उनीहरुलाई पक्राउ गरेको हो ।

साह र उनका  श्रीमान केही दिनदेखि मेडिसिटी अस्पताल र वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.निरासिंह श्रेष्ठको लापराबाहीका कारण ‘डाउन सिन्ड्रम’ भएको बच्चा जन्मिएको आरोप लगाउँदै आन्दोलनरत थिए ।

अस्पताल र उपचारमा संलग्न चिकित्सक डा.श्रेष्ठको लापरवाहीले आफ्नो बच्चा ‘डाउन सिन्ड्रम’ भएको जन्मिएको दावी गर्दै पूर्वसभासद् साहले बच्चाको स्वास्थ्यको जिम्मा अस्पतालले लिनुपर्ने दावी गरेकी छिन् । तर अस्पतालल आफ्नो कारण डाउन सिन्ड्रम बच्चा नजन्मेको दावी गर्दै आएको छ । अस्पतालले पटक पटक बच्चा बुझ्न साहलाई आग्रह गरेपनि बुझ्न मानेको छैन ।

अस्पतालमा बच्चालाई दुध खुवाई रहेको बेला प्रहरीले पूर्वसभासद् साह र उनका श्रीमानलाई पक्राउ गरेर लगेको गायत्री साहका दाजु सुवास चन्द्र साहले बताए । यता, महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता डिएसपी नारायण चिमोरियाले साह दम्पत्तिलाई पक्राउ गरी परिसरमा राखिएको जानकारी दिए ।

पूर्वसभासद् साहले फागुन २८ गते मेडिसिटी अस्पतालमा ‘डाउन सिन्ड्रम’ भएको बच्चा जन्माएकी थिइन् । डाउन सिन्ड्रम भएको बच्चा जन्मिए पछि उनले बच्चा बुझ्न मानेकी छैनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.