पूर्व राजा ज्ञानेन्द्र ७४औँ वर्षमा प्रवेश

रिपोर्ट नेपाल | 2020 Jul 07 | 09:12 am 2276

काठमाडौं, असार २३ः पूर्व राजा ज्ञानेन्द्र शाह आज ७४औँ वर्षमा प्रवेश गरेका छन् । यस वर्ष पूर्व राजा शाहले जन्मदिन नमनाउने गत हप्ता एक सन्देश जारी गर्दै निर्णय गरेका छन् ।

उनले राष्ट्रको यो विषम स्थितिलाई दृष्टिगत गरेर आफ्नो जन्मदिनलाई उत्सवकारुपमा नमनाउने निर्णय गरेका हुन् ।

उनले सन्देशमा मुलुक अहिले कोरोनाबाट आक्रान्त रहेको उल्लेख गर्दै विदेशबाट फर्किने सबै नेपालीको श्रम, सिप र सामथ्र्यको सदुपयोग गरि आफ्नै देशभित्र इलम, उद्यम र काम धन्दाको व्यवस्था मिलाइनुपर्ने उल्लेख गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.