पोखरा, पुस ६ : पूर्व राजा ज्ञानेन्द्रले पोखरास्थित विन्दवासिनी मन्दिरमा शनिबार पूजा गर्ने भएका छन् । पूर्व राजा ज्ञानेन्द्रले शनिबार बिहान ११ बजे विन्दवासीनी मन्दिरमा पूजा गर्ने भएका हुन् ।
पूर्व राजा ज्ञानेन्द्रले गत सोमबारदेखि निजी भ्रमणमा पाेखरामा रहेका छन् । उनले आज राप्रपा अध्यक्ष कमल थापाबीच भेटवार्ता गरेका छन् ।आज बिहान पोखरास्थित एक होटेलमा पूर्वराजा शाह र अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको थियाे ।
पार्टी प्रशिक्षणका क्रममा पोखरा पुगेका थापाले पूर्वराजासँग भेट गरेका हुन । पोखरामा रहँदा शाहले पर्यटकीय स्थलको अवलोकन र विभिन्न धार्मिक स्थलको भ्रमण गर्ने कार्यक्रम छ ।