काठमाडाैं, चैत १८: पूर्व राजा ज्ञानेन्द्र शाहद्वारा नेपाल सरकारले स्थापना गरेकाे काेराेना भाइरस राेकथाम नियन्त्रण काेषमा दाखिला हुने गरी दुई कराेड सहयाेग गर्ने घाेषणा गरेका छन् ।
मंगलबार एक विज्ञप्ति जारी गरी पूर्व राजा शाहले उक्त रकम हिमानी काेषलाई हस्तान्तरण गरी काेष मार्फत सरकारले स्थापना गरेकाे खातामा जम्मा गर्ने जनाइएकाे छ ।
वक्तव्यमा पूर्व राजा शाहले लकडाउन गर्नुकाे विकल्प नरहेकाे अवस्थमा आफ्नाे ज्यानकाे प्रवाह नगरी अहाेरात्र खट्ने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानलाई समेत धन्यवाद दिएका छन् ।
उनले नेपाली जनतालाई सुसुचित गराउने संचारकर्मी र साधन स्राेतकाे कमीकाबीचमा पनि बिरामीलाई सेवा दिइरहेका स्वास्थ्यकर्मीलाई समेत धन्यवाद दिएका छन् ।
पूर्व राजा ज्ञानेन्द्र शाहले लकडाउनलाई शिराेधार्य गरी अनुशासित भएर हाेम क्वारेन्टइनमा बस्ने आम नेपालीलाई समेत धन्यवाद दिएका छन् ।
विज्ञप्ति
