काठमाडौं, असार १३ः राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव राजबहादुर सिंहको ८८ वर्षको उमेरमा निधन भएको छ । उनको गएराति छाउनीस्थित निवासमा निधन भएको नाती सुशील मल्लले जानकारी दिए ।
उनी लामो समयदेखि दमको रोगबाट पीडित रहेका थिए । स्वर्गीय सिंह राखेपका सातौं सदस्य–सचिव हुन् । उनी २०४८ देखि २०५० सालसम्म राखेपको सदस्य–सचिवको जिम्मेवारी निर्वाह गरेका थिए ।
उनको शनिबार पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको छ । सिंहका श्रीमति, दुई छोरा र छोरी छन् । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले स्वर्गीग सिंहको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।