काठमाडौं, जेठ २४ः नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागका प्रमुख एवम् पूर्व सूचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले कोरोना भाइरसको नयाँ भेरियण्ट सहित दोस्रो लहरको चपेटामा परेका खेलाडी तथा प्रशिक्षकप्रति सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
त्यसै गरी मृत्यु वरण भएकाहरुको चिर शान्तिको कामनासहति शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।
काेराेना संक्रमणबाट नेपालकाे खेलकुद क्षेत्रलाई अस्तव्यस्त बनाएकाे भन्दै पूर्व मन्त्री बस्नेतले सोमबार एक बिज्ञप्ती जारी गर्दै खेलकुद तथा खेलाडीहरुप्रति अभिभावकको भूमिका निभाएका छन् ।
उनले विज्ञप्तीमा भनेका छन्, संक्रमित खेलाडीहरुको उपचार पद्धतीमा सरकार प्रभावकारी विहीन, उदासिन देखिएको र गैर जिम्मेवार भएको यहाँहरु सबैलाई सर्वविदित नै छ । तसर्थः राष्ट्रको गहनाको रुपमा रहेका खेलाडीहरुको बनोबल उच्च राख्न र थोरै भएपनि उपचार पद्धतीमा सहज बनाउने उद्देश्यले खेलाडीहरुको आवश्यकता र खेलप्रेमीहरुको चाहानालाई ध्यानमा राखी नेपाली कांग्रेस खेलकुद विभाग र लोकतान्त्रिक खेलकुद संघको संयुक्त प्रयासमा त्रिपुरेश्वर स्थित खेलकुद परिषदकै हाताभित्र अक्सिजन सहित १० बेड राखेर कोरोना उपचार केन्द्र स्थापना गरी खेलाडी र प्रशिक्षकहरुलाई सहयोग पुर्याउने काम यथासिघ्र संचालनमा ल्याइने कुरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गर्दछु ।
विज्ञप्ती
