पूर्व फुटबल प्रशिक्षक श्रेष्ठ अस्ताए

रिपोर्ट नेपाल | 2023 Aug 07 | 04:57 pm 1745

काठमाडाैं, साउन २२ । ४० वर्षसम्म पर्साका फुटबल खेलाडीलाई प्रशिक्षण दिएका ७५ बर्षीय पूर्वप्रशिक्षक हरिबहादुर श्रेष्ठको उपचारका क्रममा  निधन भएको छ।

श्रेष्ठको परिवार स्रोतले दिएको जानकारी अनुसार  उनको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा  निधन भएको हो।

बिगत लामो समयदेखि मुटुको रोगबाट पीडित श्रेष्ठलाई स्वास्थ्यमा अचानक समस्या आएपछि  उपचारका लागि नेशनल मेडिकल कलेज भर्ना गरिएको र उपचारकै क्रममा निधन भएको कुरा पनि श्रेष्ठको पारिवारिक स्रोतले जनाएको छ।

जिल्ला फुटबल सङ्घ पर्साले श्रेष्ठको निधनबाट फुटबलका साथै समग्र खेलकुदको क्षेत्रमा अपुरणीय क्षति पुगेको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.