पूर्वी रुकुममा एक्स्काभेटर पल्टिँदा एकको मृत्यु

रिपोर्ट नेपाल | 2019 Oct 24 | 04:26 pm 1892

रुकुम (पूर्व), कात्तिक ७: बिहीबार बिहान रा १२९ ग नम्बरको एक्स्काभेटर पल्टिँदा पूर्व रुकुममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक अन्दाजी ४५ वर्षीय दुर्गाबहादुर बुढा रहेका छन् ।

उक्त दुर्घटना भुमे गाउँपालिका वडा नम्बर २ को सैपातुन भन्ने ठाउँमा भएको प्रहरीले जानकारी दिए । एक्स्काभेटर सडकबाट करिब २७ मिटर तल खोलामा खसेका छ ।

भुमे गाउँपालिकाको खाबाङ बगरबाट लुकुम जाने क्रममा मध्यपहाडी लोकमार्गको सैपातुन भन्ने ठाउँमा पल्टिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले जानकारी दिए ।

एक्स्काभेटर पल्टिएपछि बुढाको हातखुट्टा मात्र बाहिर देखिएको र सबै शरीर टायरले थिचेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए ।

बुढाको शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल रुकुमकोटमा लगिएको डीएसपी खड्काले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.