पूर्वी भारतमा चट्याङबाट पाँचको मृत्यु

रिपोर्ट नेपाल | 2018 Jul 02 | 05:09 pm 3767

नयाँ दिल्ली, १८ असार : पूर्वी भारतीय राज्य बिहारमा चट्याङमा परी पाँच व्यक्तिको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएका छन् ।
सरकारी अधिकारीहरुले सोमबार यस दुर्घटना र हताहतको पुष्टि गरेका छन् । विहार राज्यको आरङ्गवाद जिल्लामा चट्याङ्बाट यो क्षति पुगेको हो ।

आरङ्गावाद जिल्लाको एक स्थानीय घाटमा अन्त्येष्टिका लागि आइतबार करीब २० जना व्यक्ति जम्मा भएकोे स्थानमा चट्याङ परेको भारतको प्रकोप व्यवस्थान विभागका एकजना अधिकारीले जानकारी दिएका छन् ।

पाँच व्यक्तिको दुर्घटनास्थलमा मृत्यु भएको थियो । घाइतेहरुलाई स्थानीय अपस्पतालमा उपचारका लागि भर्ना गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.