पूर्वी अफगानिस्तानमा २१ जना लडाकू मारिए

रिपोर्ट नेपाल | 2018 Oct 01 | 05:58 pm 1809

जलालाबाद,  १५ असोज : इस्लामिक स्टेट्ससँग आबद्ध कम्तीमा २१ जना लडाकूहरु अफगानिस्तानको पूर्वी नान्गरहर प्रान्तमा आइतबार गरिएको ड्रोन आक्रमणमा मारिएका छन् ।

प्रहरीका अनुसार मानवबिहीन ड्रोनले प्रान्तको खोजिआनी जिल्लामा लुकेर बसेका लडाकूमाथि आक्रमण गरेका थिए । आक्रमणमा स्थानीय कमान्डरहरु मलाङ र कारी दाउद समेतका लडाकू मारिएका छन् । आइएसले भने आक्रमणको क्षतिबारेमा कुनै प्रतिक्रिया दिएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.