पूर्वराजा शाहको मधेस भ्रमण कार्यक्रम सार्वजनिक, पछिल्लो राजनीतिक अवस्थाको बारेमा परामर्श गर्ने

रिपोर्ट नेपाल | 2019 Mar 11 | 03:26 pm 1491

काठमाडौं, फागुन २७ : पूर्व मुमा बडामहारानी रत्न शाहको स्वास्थ्यमा आएको खराबीका कारण स्थगित पूर्व राजा ज्ञानेन्द्र शाहको मध्य तराईको भ्रमण फागुन २९ बाट सुरु हुने भएको छ । पूर्व राजा शाहका निजी सचिव फणि पाठकका अनुसार पूर्व मुमाबडामहारानीको स्वास्थ्यमा आएको सुधार पछि भ्रमणको नयाँ तालिका बनाइएको हो ।

पूर्व राजा शाहले फागुन २९ गते धुनषाबाट मध्य तराईको भ्रमण सुरु गर्नेछन् । उनले फागुन २९ गते जनकपुर स्थित जानकी मन्दिरमा पूजा अर्चना गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनले सर्लाही , तराई तथा पहाडको संगम मानिएको उदयपुर र सप्तरीको भ्रमण गर्नेछन् ।

भ्रमणको क्रममा उनले बिभिन्न देवालय , मन्दिर तथा शक्तिपीठहरुमा पूजा अर्चना गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै भ्रमणको क्रममा पूर्व राजा शाहले स्थानीय राजनीतिक दलका बिभिन्न नेता तथा कार्यकर्ताहरुसंग पनि भेट गरि मुलुकको पछिल्लो राजनीतिक अवस्थाको बारेमा परामर्श गर्ने कार्यक्रम रहेको छ ।

उनले भ्रमणको क्रममा स्थानीय जनतासंग पनि उनीहरुको समस्याको बारेमा छलफल गर्ने बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.