पूर्वमन्त्री बलायर आयरल्याण्ड प्रस्थान

रिपोर्ट नेपाल | 2019 May 18 | 04:39 pm 3475

काठमाडौं, जेठ ४: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायर आयरल्याण्ड प्रस्थान गरेका छन्। नेपाली कांग्रेसको जागरण अभियान अन्तरर्गत उनलाई पार्टीले आयरल्याण्ड पठाएको हो।

बलायरले त्यहाँ रहेका पार्टीसँग आवद्ध नेपालीहरूलाई पार्टीको साधारण सदस्यता प्रदान गर्ने कार्यक्रम रहेको छ। यस्तै उनी विभिन्न कार्यक्रमहरूमा सहभागी हुने कार्यतालिका समेत रहेको छ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेर नेता बलायरलाई नेपाली कांग्रेस डोटी काठमाडौं सम्पर्क समितिका अध्यक्ष दीर्घ बलायर नेतृत्वको टोलीले विदाई गरेका थिए।

नेता बलयारले आयरल्याण्ड प्रस्थान गर्दै गर्दा आफूले त्यहाँ रहेका नेपालीहरू माझ संगठन विस्तार गर्नुका साथै नेपालमा लगानीका लागि आग्रह गर्ने बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.