काठमाडौं, चैत्र १० : नेपाली कांग्रेसका पुर्व महामन्त्री एवम् पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलाको स्वास्थ्य लाभको कामना गर्दै आईतवार रक्तदान गरिएको छ।

सिटौलाको धुम्वाराही स्थित हयाम्स अस्पतालमा उपचार भईरहेको छ।आईसियू कक्षमा उपचार गराईरहेका सिटौलाको सिध्रस्वास्थ्य लाभको कामना सहित प्रार्थना गरेका १ सय १० जनाले रक्तदान गरेका हुन।

सिटौलाको स्वास्थ्य स्थिति बुझ्न पूर्वराष्ट्रपति डा रामवरण यादव अस्पतालमा पुगेका थिए। त्यस्तै नेता सिटौलाको स्वास्थ्य लाभको कामना गर्न नेपाली कांग्रेसका नेता कार्यकर्ता अस्पताल पुगेका थिए। सिटौला गत शुक्रबारदेखि अस्पतालमा उपचारका क्रममा भर्ना भएका छन्।