पूर्वगृहमन्त्रीहरुको सबै सुरक्षाकर्मी फिर्ता गरिने

रिपोर्ट नेपाल | 2019 Jul 23 | 02:53 pm 1593

काठमाडौं, असार ७ : सरकारले सुरक्षा थ्रेट नभएका पुर्वगृहमन्त्रीहरुको सबै सुरक्षाकर्मीहरु फर्काउने भएको छ । निजी सुरक्षाकका लागि खटाइएको कर्मचारीहरुलाई सरकारले फिर्ता बोलाउने भएको हो ।

गृहमन्त्रालयमा मंगलबार आयोजित सञ्चारकर्मीसंगको अन्तरक्रियाको क्रममा गृहसचिव प्रेमकुमार राईले पूर्वगृहमन्त्रीहरुको सुरक्षाको लागि खटाइएका सशस्त्र र नेपाल प्रहरीको टोली फिर्ता गर्न लागेकाे जनाकारी दिए ।

सुरक्षा थ्रेट नभएको अवस्थामा पनि पूर्वगृहमन्त्रीहरुले अघिपछि सुरक्षाकर्मी लगाएर हिँड्ने क्रमलाई गृहले रोक्ने भएको हो । विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटाएका सुरक्षाकर्मी अहिले फर्किएका छन् ।

केहीलाई सुरक्षा थ्रेटका आधारमा खटाइएको छ, राईले भने, ‘केही नखटाउनुपर्ने ठाउँमा फिर्ता गर्न मन्त्रिपरिषदमा प्रस्ताव लगिएको छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.