पुलबाट हाम्फालेकी अधिकारीको एपीएफ टोलीद्वारा उद्धार

रिपोर्ट नेपाल | 2020 Aug 08 | 06:59 pm 1806

रुपन्देही, साउन २४ः जिल्लाको सिद्धार्थनगर नगरपालिका २ स्थित डण्डा खोलामा शनिबार पुलबाट हाम्फालेकी सोही ठाँउ बस्ने २७ बर्षीया पबित्रा अधिकारीको एपीएफ टोलीले जीवितै उद्धार गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले उनको उद्धार गरेको हो ।

अधिकारीले पुलबाट हाम्फालेको भन्ने जानकारी पाउनासाथ तत्कालै खटिएको एपीएफ टोलीले उनलाई उक्त खोलाबाट जीवितै बाहिर निकाल्न सफल भएको हो ।

निज अधिकारीलाई आवश्यक उपचारार्थ भिम अस्पताल भैरहवातर्फ पठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.