पुर्वअर्थमन्त्री डा रामशरण महत र गगन थापालाई लक्षीत गर्दै बम बिस्फोटमा संलग्न दुई युवक पक्राउ

रिपोर्ट नेपाल | 2019 Mar 21 | 08:52 pm 1955

काठमाण्डौं, चैत ७ : प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनको क्रममा पुर्व अर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा रामशरण महत र पुर्व स्वास्थ्य मन्त्री गगन थापालाई लक्षीत गरी बम बिस्फोट गराउने दुई युवकलाई प्रहरीले पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिकाका विशाल तामाङ र झापा मेची नगरपालिकाका शिव धिमाल रहेका छन् ।

चुनावी कार्यक्रममा सहभागी हुन जाने क्रममा गत वर्ष मंसिर १ गते नुवाकोट ककनीमा पूर्व अर्थमन्त्री डा रामशरण महत चढेको गाडीमा एम्बुस विस्फोट गराएका थिए। उक्त विस्फोटमा परी विद्यार्थी नेता उपेन्द्र मिश्र सहित गाडीमा सवार चारजना घाइते भएका थिए ।

सो एम्बुस थाप्ने योजनाकार मध्ये तामाङ पनि एक रहेको जानकारी महानगरीय प्रहरी अपराध महाशाखाले दाबि गरेको छ । त्यस्तै गत वर्ष मंसिर १८ गते राजधानीको चपली हाइटमा कांग्रेसका नेता गगन थापालाई लक्षित गरि गराइएको बम विस्फोट घटनामा पनि तामाङको संलग्नता रहेको महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले बताए ।

राठौरका अनुसार तत्कालीन समयमा बम विस्फोटको घटनाबारे अनुसन्धान गर्दा तामाङको संलग्नता रहेको खुलेको थियो। विष्फोटमा थापासहित ११ जना घाइते भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.