महेन्द्रनगर,असार २८ : विगत लामो समय देखि ग्राहकलाई गुणस्तरीय सेवा दिदै आएको एनआईसी एसिया बैंकको कञ्चनपुरस्थित पुनर्बास शाखा सञ्चालनमा आएको छ । शाखाको पुनर्बास नगरपालिकाका मेयर जीवनराज थापाले उद्घाटन गरेका थिए ।
आफ्नो उद्घाटन मन्तव्य राख्दै मेयर थापाले बैंकिङ सेवामा अत्यन्तै सेवा मुलक एनआईसि बैंकले पुनर्बास बासिलाई सुलभ तरिकाले सेवा दिने कुरामा आफु आशावादी रहेको बताए ।
बैंकले २२६ शाखा, २१८ एटीएम, १४ वटा एक्सटेन्सन काउन्टर एवं ११ वटा शाखारहित बैंकिङ इकाईमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकको १७८ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १५१ अर्ब तथा कर्जा १२० अर्ब रहेको बैंकले जनाएको छ ।