वीरगंज, असोज २१ । पर्साको वीरगंज वडा नम्बर १ छपकैयामा असोज १९ गते आफ्नै घरमा मृत भेटिएकी ४० बर्षिय पुनम देबीको हत्यामा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक कोमल शाहको टोलीले छपकैयाका पुनम सर्राफको हत्यामा संलग्न उनकै छिमेकी ईमरान मियालाई पक्राउ गरेको हो।
एक महिलाको टाऊकोमा धारिलो हतियार प्रयोग गरी हत्या भएको सूचना प्राप्त हुना साथ प्रहरी उपरीक्षक कोमल शाह नेतृत्वको टोलीले तालिम प्राप्त कुकुरसहित घटनास्थल पुगी अनुसन्धान शुरु गरेको थियो।
शाहको अनुसार मियाँ लागूऔषध प्रयोग गर्नेको लागि चोरी गर्ने उदेश्यले सर्राफको घरको झ्यालबाट छतमा चढी त्यहा रहेको १ फिट लामो फलामको छड् उठाई घर भित्र प्रबेश गर्दा आमने सामने जम्का भेट हुँदा महिला डराएर चिच्याउदा मियाको हातमा रहेको फलामको छडले टाऊकामा प्रहार गरि कोठाको बत्ति बालेर हेर्दा महिलाको आखा खुलेको देखिपछि पटकपटक टाऊकोमा प्रहार गरि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।
पक्राउ परेका मियाँ माथि कर्तव्य ज्यान मुद्दा चलाई थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक शाहले बताएका छन।