पुँजीगत खर्च १८ % मात्र

रिपोर्ट नेपाल | 2022 Feb 27 | 08:33 am 1573

काठमाडाैं, फागुन १५ः चालू आर्थिक वर्ष २०७८-०७९ को साढे सात महिना बित्नै लाग्दा १८ प्रतिशतको हाराहारीमा मात्र पुँजीगत खर्च भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार शुक्रबारसम्ममा ६८ अर्ब ४७ करोड रुपैयाँ पुँजीगत खर्च भएको हो, जुन लक्ष्यको १८.११ प्रतिशत हो ।

सरकारले चालू आवको अहिलेसम्म गरेको खर्च गत आवको सोही अवधिको तुलनामा झण्डै दुई अर्ब कम हो । गत आवको यस अवधिमा सरकारले लक्ष्यको १९.८४ प्रतिशत अर्थात् ७० अर्ब रुपैयाँ खर्च गरेको थियो । चालू आवमा शतप्रतिशत खर्च नहुने भएपछि सरकारले झण्डै १० प्रतिशले पुँजीगत बजेट घटाएको छ ।

चालूतर्फ भने सरकारले उल्लेख्य बजेट खर्च गरिसकेको छ । महालेखाका अनुसार आवको अहिलेसम्म सरकारले ४७.०७ प्रतिशत अर्थात् ५ खर्ब ८ अर्ब रुपैयाँ चालू खर्च गरेको छ । गत आवको सोही अवधिमा ४५.०३ प्रतिशत अर्थात् ४ खर्ब २७ अर्ब रुपैयाँ खर्च गरेको थियो । वित्तीय व्यवस्थापनतर्फ भने २८.८३ प्रतिशत अर्थात् ५४ अर्ब रुपैयाँ खर्च भएको छ ।
राजस्व संकलन भने सन्तोषजनक देखिएको छ । हालसम्म सरकारले लक्ष्यको ५४.२ प्रतिशत अर्थात् ६ खर्ब ३९ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । काराेबार दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.