पीपीएल- बुटवलले दियो चितवनलाई १३६ रनको लक्ष्य

| 2018 Oct 27 | 10:52 am 1766

पोखरा, कार्तिक १०: पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट अन्तर्गतको जारी खेलमा बुटवल ब्लास्टर्लले चितवन राइनोजलाई जितका लागि १ सय ३६ रनको लक्ष्य सुम्पेको छ । सोमपाल कामीको कप्तानीमा रहेको बुटवलले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय ३५ रन मात्र बनाउन सक्यो ।

खराबी सुवात गरेको बुटवलका लागि शंकर राना र सागर पुनको जोडीले बुटवलको पारी उकासेका थिए। १६ रन जोड्दा बुटवलले आफ्ना सुरुवाती तीन विकेट गुमाउन पुगेको थियो । त्यस पछि मैदान प्रवेश गरेका शंकरले सागरलाई साथ दिदै बुटवलको पारी उकासेका थिए ।

शंकरले बुटवलका लागि ४८ रनको पारी खेले । उनले ४२ बल खेल्दै ४८ रन जोडेका हुन्। त्यस्तै सागर पुनले पिन समान ४६ रन जोडे । उनले ४८ बल खेल्दै ४६ रन जोडेका हुन्।

सिद्धान्त लोहनी १७ रनमा अविजित रहे। उनले १४ बल खेल्दै १७ रन जोडेर अिविजत रहेका हुन्। कप्तान सोमपाल कामीले दुर्इ बल खेल्दै ६ रन जोडे । तर सुरुवाती तीन अन्य ब्याट्सम्यानले भने दोहोरो अंक छुन सकेनन्। ओपनर चिराग सुरी १ तथा भीन सार्की २ रनमा पभेलियन फर्किए । रोहन मुस्ताफा शुन्य रनमा आउट आउट भए।

नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर करण केसीले आफ्नो स्पेलको पहिलो ओभरको पाँचौ र छैटौ बलमा चिराग सुरी र रोहन मुस्ताफालाई लगातार आउट गरेका थिए । रामनरेश गिरी र शक्ति गौचनले समान १ विकेट लिए । अब केही बेरमा चितवनले जवाफी ब्याटिङ गर्ने छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.