पीपीएल – टस जितेर धनगढीविरुद्ध ब्याटिङ गर्दै पोखरा पल्‍टन

| 2018 Nov 02 | 09:27 am 2060

पोखरा- पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट अन्तर्गत घरेलु टोली पोखरा पल्टन टस जितेर एक्स्पर्ट धनगढीविरुद्ध ब्याटिङ गर्दै छ ।

शरद भेषवाकरको पोखराविरुद्ध दिपेन्द्र सिंह ऐरीको धनगढीका लागि यो खेल गर या मरको स्थितिमा हुनेछ । दुवै टोलीको जित हुने लक्ष्यका साथ मैदान उत्रिदा खेल रोमान्चक बन्ने अनुमान गरीएको छ ।

धनगढीको यो लिग चरणको अन्तिम खेल हो । त्यसैले प्ले अफमा स्थान बनाउन धनगढीलाई जित्नै पर्ने दबाब छ । ४ खेलबाट ४ अंक जोडेको धनगढी पाँचौ स्थानमा छ । पोखरालाई हराएर धनगढी शीर्ष तीनमा रहदै प्ले अफ पुग्नेछ । पराजित भएमा प्ले अफ सम्भावना निकै कम हुनेछ ।

यता, घरेलु समर्थकको साथ पाएको पोखरा तेस्रो जितको खोजीमा हुनेछ । ३ खेलबाट ४ अंक जोडेको पोखरा दोस्रो स्थानमा छ । यस खेलमा धनगढीलाई हराउन सके पोखराको प्ले अफ सम्भावना बलियो हुनेछ ।

पराजित भएमा अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ । त्यसैले पोखरा आफुलाई पुर्ण रुपमा जित निकाल्ने लक्ष्यमा मैदान उत्रनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.