उपाधिका लागि चितवनले पोखरालाई दियाे १ सय ६१ रनको लक्ष्य

| 2018 Nov 06 | 02:24 pm 1452

पोखरा, कार्तिक २० : सर्वाधिक पुरस्कार राशीको घरेलु प्रतियोगिता पोखरा प्रिमियर लिग टीट्वीन्टी क्रिकेट प्रतियोगिताको उपाधि भिडन्तमा अहिले पासर खड्काको कप्तानीमा रहेको चितवन राइनोज र शदर भेषवारको कप्तानीमा रहेको पोखरा पल्टन प्रतिस्पर्धा गरिरहेका छन् । जितका लागि चितवनले पोखरालाई १६१ रनको लक्ष्य दिएको छ ।

पोखराले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको चितवनले २० ओभरमा ५ विकेट गुमाउँदै १६० रनको स्कोर खडा गर्‍यो । दोस्रो ओभर ९ रन बनाउँदा हरिशंकर साहको विकेट गुमाएको चितवनका लागि दोस्रो विकेटका लागि पारस खड्का र अनीलकुमार साहले ७६ रनको साझेदारी गरी टोलीलाई बलियो स्थितिमा पुर्‍याए ।

यसअघिका खेलमा राम्रो प्रदर्शन गर्न नसकेका पारसले फाइलन खेलमा अर्धशतक प्रहार गर्न सफल भए । ३७ बलको सामना गरेका पासरले ९ चौकसहित ५१ रन बनाए ।
पारस बाहेक पोखराका लागि भारतीय खेलाडी सन्नी पटेलले ४३, अनीकुमार साहले ३७, आरिफ शेखले १४ रन र हरिशंकर साहले ८ रन बनाए ।

बलिङमा पोखराका खेलाडीले चितवनमाथि खासै दबाब सिर्जना गर्न सकेनन् । पोखराका लागि मोहमद नाभिद र ललित राजवंशीले १–१ विकेट लिए । कृष्ण कार्कीले २ विकेट लिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.