कञ्चनपुर, चैत २८ः शुक्रबार पिङ खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पुनर्वास नगरपालिका वडा नम्बर ९ का कृष्ण बहादुर सुनारका १० वर्षीय छोरा रोशन सुनार रहेका छन् ।
बालकको पिङ खेल्ने क्रममा डोरी बटारिएर ज्यान गएको हुनसक्ने इलाका प्रहरी कार्यालय पुनर्वासका प्रहरी निरीक्षक वकिल बहादुर सिंले जानकारी दिए । यस घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
मृतक बालकका आमा बुबा कामको सिलसिलामा भारतको मद्रासमा रहेका परिवार श्रोतले जनाएको छ ।