दाङ, जेठ १ः बिहीबार बिहान पिकअप भ्यानले माेटरसाइकललाई ठक्कर दिँदा एक जनाकाे मृत्यु भएकाे छ भने एक घाइते भएका छन् ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ७ का ३० वर्षीय बिशाल थापा मगर रहेका छन् ।
घाेराही उपमहानगरपालिका १० जलाैरा चाेकबाट तुलसीपुर जाँदै गरेकाे ना ३ च ५९४५ नम्बरकाे पिकअप भ्यानले तुलसीपुर देखि घाेराही तर्फ आउँदै गरेकाे रा ५ प ३६८८ नम्बरकाे माेटरसाइकललाइ ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते उनकाे राप्ती विज्ञान प्रतिष्ठानमा उपचारकाे क्रममा मृत्यु भएकाे प्रहरीले जानकारी दिएकाे हाे ।
उक्त माेटरसाइकलामा सवार अर्का एक १३ वर्षीय हक्की पुन घाइते भएका छन् । उनकाे सामान्य उपचारपछि थप उपचारका लागि काेहलपुर रिफर गरिएकाे छ ।
ठक्कर दिएर फरार रहेका पिकअप चालक दाङ राजपुर गाउँपालिका ३ का २६ वर्षीय प्रदिप महरा र उनले चलाएका पिकअपलाई तुलसीपुर उपमहानगरपालिका ६ गुम्राह चाेकबाट प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेकाे बताइएकाे छ ।