पाेखरामा नेविसंघले जलायाे सरकारी गाडी

रिपोर्ट नेपाल | 2019 Feb 02 | 01:33 pm 1804

पोखरा, माघ १९ : सरकारको विरोध गर्दै नेपाल विद्यार्थी संघ कास्कीले पोखरा महानगरपालिकाको गाडीमा आगजनी गरेको छ। नेविसंघले शनिबार बिहान पोखराकै मासबारमा महानगरको बा १ झ ५८७९ नम्बरको सेतो पिकअप भ्यानमा आगजनी गरेको हो।

दुई तिहाईको दम्भ देखाउँदै वर्तमान सरकारले विपक्षी पार्टीहरुलाई पाखा लगाउँदै मनोमानी ढंगले काम गरेको भन्दै नेविसंघले सरकारको विरोध गर्दै आएको छ। कास्की प्रहरीले भने नेविसंघले जलाएको आशंका गरेको छ।

कास्की प्रहरी प्रमुख ओम रानाले नेविसंघमाथि निगरानी बढाएको बताए। नेविसंघ कास्कीले शनिबार सरकारी गाडी चल्न नदिने निर्णय भएको बताएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.