पाल्पामा ठडियो पृथ्वीनारायणको शालिक

| 2023 Jan 12 | 07:28 pm 2281

तानसेन, पुस २८ः पाल्पाको रामपुर नगरपालिका वडा न ६ स्थित विजयपुरमा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक स्थापना भएको छ।

ठकुरी सहयोग संजालले आफ्नो स्थापना भएको बर्ष देखि नै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउदै आइरहेको छ। २०७२ र २०७३ मा काठमाण्डौ २०७४ मा नुवाकोटमा २०७५ मा गोरखामा २०७६ देखि २०७८ सम्म काठमाण्डौमा र २०७९ मा पाल्पामा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिबसको पावन दिनमा पृथ्बी नारायण शाहको पूर्ण कदको शालिक स्थापना गरि भब्य संग मनाउँदै आएको छ। शालिक स्थापनाको लागि पाल्पा पृथ्वीनारायण शाहको पारिवारिक सम्बन्ध भएको मावली राज्य समेत भएकोले उक्त स्थान चयन गरिएको जनाइएको छ।

कार्यक्रम २०७९ पुस २७ गते बिहान ९ः ३० को साइतमा शास्त्रीय बिधिद्वारा पितृ आह्वान तथा प्राण प्रतिष्ठा गरि निर्धारित समयमा कार्यक्रम गरिएको थियो। शालिक अनवरण गर्नुअघि गुल्मीकी कमला ठकुरीले पुजा पाठ गरेकी थिइन् ।

शालिक स्थापनाका लागि नगरपालिकाको वडा नं ६ ले स्वृकिती दिएको थियो भने बजार ब्यवस्थापन समितिसँग पनि समन्वय गरिएको शालिक स्थापनाका संयोजक हुम बहादुर शाहीले बताए । शालिक निर्माणका लागि करिब ४ लाख माथी रकम खर्च भएको आयोजक संस्थाको अध्यक्ष अजय मल्लले जानकारी दिए ।

कार्यक्रम अभियन्ता नबीन शाहीले संचालन गरेका थिए। कार्यक्रमका प्रमुख अतिथी स्थानीय ८४ बर्षीय जेष्ठ नागरिक अम्मर बहादुर हमालले शालिक अनावरण गेका थिए। अनवरण पछी सेनाको टुकडीले सलामी समेत अर्पण गरेको थियो ।

ठकुरी सहयोग संजाल, पाल्पाका अध्यक्ष बोम बहादुर शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य सल्लाहकार परिवेश मल्लले एकीकरणको औचित्य समेत पुस्टि गरेका थिए।

रामपुर नपा वडा नं ६ का अध्यक्ष दिवाकर देवकोटा, प”र्व अध्यक्ष होमनाथ न्यौपाने, नेपाल प्रहरी, नेपाली सेना, संजाल केन्द्रीय अध्यक्ष अजय मल्ल ठकुरी,लगायत संजालका केन्द्रीय सल्लाहकारहरु, संजाल युएई का अधक्ष्य , संजाल बाकेका अध्यक्ष तथा प्रतिनिधिहरु साथै सदस्यहरु लगायत स्थानीयहरुको सहभागीता रहेको थियो ।

शालिक अनवरण हुनु पुर्व झाँकी र बाजागाजा सहित र्‍याली निकाली कालीआँप,कालिगण्डकी कोरिडोर, गैदार, नयाँ बजार परिक्रमा गरि पुनः अनावरण स्थल पुगेको थियो । शालिक स्थापना गरिएपछी स्थानीयहरुको बोलीचालीमा सो चोक नाम पृथ्वीचोक स्वत उच्चारित भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.