पाल्पामा जीप दुर्घटना दुईको मृत्यु

रिपोर्ट नेपाल | 2019 Dec 05 | 02:04 pm 2080

पाल्पा, मंसिर १९: बिहीबार सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको केराबारी र चौबिस माइलको बीचमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

घट्नास्थलमा दुईजनाको शव भेटिएको छ। मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताए।

बुटवलबाट पाल्पाको तानसेन जाँदै गरेको लु१ज ४२०९ नम्बरको जीप सडकबाट खोलामा खसेको हो । सडकबाट करिब पाँच सय मिटर तल खसेको जीप क्षतविक्षत भएको छ ।

शव भीर अड्किएको अवस्थामा फेला परेको हो। अहिले शव निकालेर जिल्ला अस्पताल पाल्पामा पोष्टमार्टमको लागि ल्याउने तयारी भइरहेको उनले बताए। जीपमा कतिजना सवार थिए भन्नेसमेत यकिन नभएको प्रहरीले बताए ।

बिहानपख घाँस काट्न गएकाहरुले जिपको छत भीरमा देखेपछि प्रहरीलाई खबर गरेका थिए। लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाको नेतृत्वमा टोली घट्नास्थल पुगेर उद्धार गरेको हो। घट्नाबारे थप विवरण आउन बाँकी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.