पाल्पामा जिप पल्टियो : एकको मृत्यु, सात घाइते

रिपोर्ट नेपाल | 2018 Nov 19 | 08:45 am 1637

पाल्पा, मंसिर ३ : पाल्पाको रिब्दिकोट गाउँपालिका- ३ सिरुखर्कमा जिप दुर्घटना भएको छ। उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

सोमाबार बिहान भएको दुर्घटनामा परि बाग्लुङ बरेङ्ग गाउँपालिका– ३ बस्ने कमला परियारका एक वर्षीय छोरा अङ्कित परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

उनको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । लु २ च ५०३५ नंको जिप बाग्लुङको बरेङ्ग गाउँपालिकाबाट बुटवलतर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा चालकसहित सात घाइतेको अहिले मिसन अस्पताल पाल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.