पाल्पामा जन्ती बोकेको जिप दुर्घटना, ५ जनको मृत्यु

| 2019 Apr 29 | 06:53 pm 1626

पाल्पा, वैशाख १६ : पाल्पामा जन्ती बोकेको जिप दुर्घटनामा हुँदा पाच जनको मृत्यु भएको छ । निस्दी गाउँपालिका सात हुवासबाट भिरपानी तर्फ जाँदै गरेको लु१ज१९४१ नम्बरको जिप दुर्घटनामा भएको हो ।

मृत्यु हुनेमा सन्तबहादुर सारु, देवलाल खङ्गहा , लाल बहादुर सारु, चलक बुद्दि बल र खड्क बहादुर सोमै पाल्पाका एसपी विश्वमणी पोखरेलले बताए।

जिपमा कति सवार थिए भन्ने खुल्न सकेको छैन। प्रहरी टोली घटना स्थल तर्फ गएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.