पाल्पाको रिब्दिकोट गापा भावनमा बम विस्फोट

| 2019 Apr 18 | 07:15 am 1700

पाल्पा, वैशाख ५ अज्ञात समुहद्वारा पाल्पामा सुतली बम विस्फोग गरेको छ ।

रिब्दिकोट गाउँपालिका वडा नम्बर–३ खस्यौलीमा रहेको गाउँपालिका भवनमा बम पड्किएको हो । बम विस्फोटनले गाउँपालिका कार्यालयमा क्षति भएको प्रहरीले बताए ।

राति १ बजे भएको बम विस्फोटपछि प्रहरीको टोली त्यसतर्फ गएको स्थानीयले जानकारी दिए ।

उक्त बम नेत्रविक्रम चन्द नेतृत्वको (विप्लव) समूहले पड्काएको हुनसक्ने अनुमान गरिएको छ । यस घटनाबारे थप विवरण भने आउन बाँकी रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.