पार्टी वयिरतामा चौथो नम्बरमा नेपाल

| 2019 Aug 19 | 07:28 am 2766

काठमाडौं, भदाै २: नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सचिवालय बैठकले पूर्वप्रधानमन्त्री एवं नेता झलनाथ खनाललाई तेस्रो वरियतामा राख्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहालपछि तेस्रो वरियतामा झलनाथ खनाललाई राख्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

यसअघि पार्टीको तेस्रो वरियतामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल थिए। अब उनी पार्टी वयिरतामा चौथो नम्बरमा पुगेका छन्। पछिल्लो समय नेकपाको वरियतामा खनालले आफूलाई तल पारिएको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका थिए।

प्रवक्ता श्रेष्ठका अनुसार केन्द्रीय सचिवालयले सांगठिनक एकीकरण तथा कार्यविभाजनका विषयमा थप निर्णय लिएको छ।
बैठकले उपत्यका विशेष कमिटीको इन्चार्जमा लिलामणि पोखरेल, सहइन्चार्ज भानुभक्त ढकाल, अरुण नेपाल, अध्यक्षमा राजन भट्टराई र सचिवको जिम्मेवारी लेखनाथ न्यौपानेलाई दिएको छ। नागरिक न्युज दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.