रूपन्देही, बैशाख २४ः विश्वमै फैलिरहेकाे कोरोना महामारिको दोस्रो चरण नेपालमा पनि फैलिरहेकाे अवस्थामा समुदाय स्तर र अस्पतालहरुमा बिरामिको लागि बेड अभाब भैरहेक बेला नेपाली काङ्ग्रेस रुपन्देहिले भैरहवा रहेको आफ्नो पार्टी कार्यालय अस्थायी कोभिड अस्पताल वा आइसोलेसन निर्माणको लागि दिने भएको छ ।
कार्यालय भैरहवा स्थितीत भिम अस्पतालको पछाडी दुई बटा हल, एघार वटा कोठा सहितको दुईतले कम्पाउन्ड सहितको भवन रहेको छ ।
उक्त भवन आइसोलेसन निर्माणको लागि स्थानीय तह, प्रदेस सरकार, केन्द्र सरकार वा अन्य कुनै गैर नाफामुखी सस्थाले लिन चाएको खण्डमा तत्काल प्रयोगमा दिने ब्यबस्था मिलाइएको नेपाली काङ्ग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाकले जानकारी दिए ।
सरोकार वाला निकाय यो महामारी नियन्त्रण र जनताको जीवन रछ्याकोलागी गभिर बन्न आग्रह गर्दै उनले कोही पनि कोभिडका बिरामिलाइ उपचारको लागि बेडको समस्या नहोस भन्ने हेतुले आफुहरु पार्टी कार्यालय आइसोलेसन निर्माणको लागि दिन तयार भएको र आवस्यक अरु सहयोग समेत गर्न तयार रहेको बताए ।