पार्टीलाई एकजुट बनाउने उद्देश्यसहित ओलीकाे ६ बुँदे एकता आह्वान

| 2021 Jun 07 | 07:53 am 1617

काठमाडौं, जेठ २४ः एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई एकजुट बनाउने उद्देश्यसहित लकचता अपनाउँदै ६ बुँदे प्रस्तावसहितको एकता आह्वान गरेका छन् । अध्यक्ष ओलीले आफू जुनसुकै मूल्य चुकाएर पनि एमालेलाई एकजुट राख्न प्रतिबद्ध रहेको बताएका छन् । अध्यक्ष ओलीको सो आह्वानसँगै फुटको सँघारमा पुगेको एमाले फुटबाट जोगिने देखिएको छ ।

ओलीले पार्टीलाई ३ जेठ २०७५ सालकै अवस्थामा फर्काउन आफू सहमत भएको प्रतिबद्धता व्यक्त गरेका छन् । असन्तुष्ट माधवकुमार नेपाल समूहका नेताहरूको मुख्य माग नै पार्टीलाई ३ जेठ २०७५ को अवस्थामा फर्काउनुपर्छ भन्नेमा रहेको थियो । ओलीले त्यसमा सहमति जनाउँदै आफू पार्टी एकताका लागि संवेदनशील र लचक रहेको सन्देश दिएका छन् ।

आइतबार राति पार्टीलाई एकजुट राख्न आफू तयार रहेको बताउँदै अध्यक्ष ओलीले पार्टीभित्रका समस्या समाधान गर्न र पार्टी एकतालाई रक्षा एवं सुदृढ गर्न भन्दै ६ बुँदे प्रस्तावसहित एकता आह्वान गरेका हुन् ।

एमालेलाई एक राख्ने यस्ता छन् ६ बुँदे प्रस्तावः
१. पार्टीलाई २०७५ साल ३ जेठकै अवस्थामा फकाइने
२. मातहतका पार्टी कमिटीलाई पनि पुरानै अवस्थामा फर्काइने
३. देखिएका अन्य समस्या समाधान गर्न कार्यदल गठन गर्ने
४. सर्वोच्चको रिटमा भएको आफ्ना सांसदको हस्ताक्षर फिर्ता गर्ने
५. यसअघिका कुनै विषयलाई लिएर कसैलाई पनि कारबाही नगरिने भेदभाव नगरिने र पूर्वाग्रह नराखिने
६. सबैको रचनात्मक सहयोगमा एमालेलाई वैचारिक, संगठनात्मक र भावनात्मक रूपमा एक राख्ने

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.