पार्टीमा युवालाई स्थान नदिएको सुजताको आरोप

| 2019 Apr 21 | 03:30 pm 1892

कास्की, वैशाख ८: नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले पार्टीमा नेतृत्व गर्ने व्यक्तिको अभाव खड्कीएको बताएकी छन् ।

आइतबार नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा युवा पुस्तालाई समेटेर नलगेसम्म कांग्रेस बलियो नहुने बताइन् । उनले पार्टीमा पुरानो मानसिकता बोकेका व्यक्तिको हालीमुहाली भएकोले कांग्रेस कमजोर भएको टिप्पणीसमेत गरिन् ।

नेतृ कोइरालाले पुरानो मानसिकता भएका नेताले युवा पुस्तालाई समेटेर अगाडि बढ्न नसक्ने दावी गर्दै पार्टी कमजोर हुनुमा व्यक्ति दोषी रहेको बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.