गाेरखा, जेठ २९ः गएराति गोरखा नगरपालिका–८, चाइनिज धारा स्थित एक मोटर ग्यारेजमा पार्किङ गरेर राखेको कारमा आगाेलागी भएको छ ।
स्थानीय दिपक केसीको बा १२ च ५९८४ नम्वरको टाटा कारमा आगाेलागी भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी वासुदेव खतिवडा जानकारी दिए ।
आगाेलागी के कारणले भयो भन्ने एकिन भइनसकेको उनले बताए । कार पूर्ण रुपमा क्षतिग्रस्त भएको उनले जानकारी दिए ।