पानी पर्दा फेवातालमा प्लास्टिकजन्य फोहोर

| 2023 Feb 27 | 08:02 am 1429

कास्की, फागुन १५: पोखरामा ४ महिनापछि आइतबार ठूलो हिउँदे वर्षा भयो। वर्षापछि खोला बढ्यो। खोला बढेपछि फ्याँकिएका प्लास्टिकजन्य फोहोर तालमा बगाएर थुपारेपछि ताल फोहोर देखिएको छ। बर्सेनी यसरी फेवातालमा प्लास्टिकजन्य फोहोर थुप्रिएसँगै तालको पर्यावरणमा असर पर्दै गएको छ। पानी परेपछि ढलमा सोझ्याइएको फोहोर पानीका कारण पनि ताल प्रदूषणको चपेटामा परेको छ।

पछिल्लो समयमा फेवाताल मुहान क्षेत्रबाट पनि प्रदूषणको चपेटामा पर्दै गएको छ। तालको पानीको मुख्य स्रोत हर्पन खोला किनारमा बस्ती बढ्दै गएपछि फोहोर व्यवस्थापन भएको छैन। यसले मुहान क्षेत्रबाट पनि ताल प्रदूषणको चपेटामा पर्दै गएको हो।

विश्व सिमसार दिवसमा पोखरा महानगरपालिका, प्रदेश सरकार र नागरिक समाजले फिर्के फेवामा मिसिने गाईघाट क्षेत्रमा सरसफाई गरेर फ्रेब्रुअरी २ मा सिमसार दिवस मनाइयो। तालमा मिसिने फिर्के खोलामा फोहोर फाल्न नरोकिँदा ताल प्रदूषणको चपेटमा पर्दै गएको नागरिक समाज पोखराका पूर्वसंयोजक विष्णुहरि अधिकारीले बताए।

उनले भने, ‘पोखरामा नागरिक स्तरबाट बृहत् पोखरा सरसफाइ अभियानका साथ जथाभावी फोहार नफाल्न सचेतना कार्यक्रम गर्दै आए पनि जथाभावी फोहोर फाल्ने बानीमा परिवर्तन आएन। यसले पोखराका प्राकृतिक सम्पदा प्रदूषणका चपेटामा पर्दै गएको छ।’ अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.