पानीमा डुबेर एक बालककाे मृत्यु

रिपोर्ट नेपाल | 2021 Jan 06 | 12:06 pm 2461

सर्लाही, पुस २२ः मंगलबार दिउँसाे सर्लाहीकाे मलगंवा नगरपालिका १ भेडहियामा पानीमा डुबेर एक बालककाे मृत्यु हएकाे छ । मृत्यु हुनेमा साेही ठाउँ बस्ने पप्पु मण्डलको  २ वर्षीय छोरा बजरंगी मण्डल रहेका छन् ।

आफ्नै घर अगाडी खेल्ने क्रममा नजिकै रहेको नालामा डुबी गम्भिर घाईते भएका उनकाे उपचारको लागि जिल्ला अस्पताल मलगंवामा ल्याउँने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएकाे हाे ।

उक्त खबर प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक दिपक चोरबारको कमाण्डमा ७ जना मुचुल्का सहितको टोली खटी गइ, लाश जिल्ला अस्पताल मलगंवा सर्लाहीमा राखिएकाे सुचना अधिकृत प्रहरी नायब  उपरीक्षक मदन कुंवरले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.