पानीपूरी र चटपटे लगायतका खानेकुरामा महानगरद्वारा रोक लगाउँदै

| 2023 Aug 13 | 05:16 pm 2569

काठमाडाैं, साउन २८ । अवैध संरचनालाई डोजर लगाएर सर्वसाधारणको नजरमा वाहवाही बनेका काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले अब पसल, सडक गल्लीमा राखेर विक्री गरिने पानीपुरी चटपटे लगायतका खुला रुपमा  बेचिने खानेकुराहरुलाई वर्षायामभर रोक्ने स‌ंकेत गरेका छन् ।

काठमाडौँ महानगर बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा वर्षायाम भरी खुल्ला रूपमा बेचिने खानेकुराहरूमा रोक लगाउने आवाज उठेको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीका अनुसार पानीपुरी, चटपटेजस्ता खानेकुरामा निश्चित समयका लागि बेचबिखनमा रोक लगाउनुपर्ने कुरा आएका छन त्यो कार्यान्वयन हुन सक्छ ।  यस्ता खानेकुराहरुमा उपयोग गरिने पानी लगायतका सामाग्रीहरु हैजाको किटाडु छिट्टै जाने भएकोले त्यसको सेवनबाट  हैजालगायत रोग छिट्टै सर्ने कुरालाई मध्यनजर राख्दै महानगरले उक्त सामाग्रीहरु माथी राेक लगाउन लागेकाे हो ।

त्यसैगरी खुल्ला रुपमा ल्याइने दूध प्लाष्टिकमा बाँधेर  बेच्ने काम पनि  मापदण्ड विपरीत भएकाले यसलाई समेत रोक लगाउनुपर्ने अधिकृत अधिकारीले बताए ।

बैठकमा उपप्रमुख सुनिता डंगोलले खुल्ला रुपमा बेचिने खानेकुरा, पेय पदार्थ, तरकारी र फलफुलको बजारमा निगरानी बढाउनुपर्ने बताइन् । वर्षायाममा पानीसँगै फैलिने संक्रामक रोग फैलिन नदिन बजारमा हुने व्यापारिक क्रियाकलापको अनुगमनका लागि तत्काल परिचालित हुने योजना बनाउन निर्देशन दिइन् ।

‘माछामासु, पानी, दूधजस्ता दैनिक उपभोग्य खाद्य तथा पेय पदार्थबाट चाँडो संक्रमण फैलिन्छ । यसको स्रोतहरु मासु पसल, दूध डेरी, तरकारी तथा फलफूल पसल हुने भएकोले तत्काल  अनुगमन गरेर सचेत गराउनु  पर्ने उपमेयर डंगाेलको भनाइ रहेको थियो ।

पहिलो पटक चेतावनी सहित  मौका दिने त्यसलाई अटेर गरे  कानुनी र प्रशासनिक कारवाहीको दायरामा ल्याउनु पर्ने डंगोलको भनाई रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.